पोखरिया नगरपालिकाको आर्थिक सहयोगमा सहयोगी नेपालद्वारा गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयमा अध्यनरत दलति तथा मुस्लिम विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामाग्रीक वितरण कार्यक्रम उद्घाटन गर्दैं पोखरिया नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीय । तस्विर : सहयोगी नेपाल, पर्सा ।

वीरगंज, असार २१ – सहयोगी नेपाल पर्साले श्री जिल्ला उच्चाङ्गल रामदेव कलवार प्राविधिक नमुना विद्यालयका छात्रछात्राहरुलाई शैक्षिक सामग्री तथा पोषाक वितरण गरेको छ ।

पोखरिया नगरपालिका कार्यालयको आर्थिक सहयोगमा सहयोगी नेपाल पर्साले श्री जिल्ला उच्चाङ्गल रामदेव कलवार प्राविधिक नमुना विद्यालयकाका ३ सय ३२ दलित छात्रछात्रा तथा मुस्लिम छात्राहरुलाई स्कुल ब्याग, पोषाक तथा अन्य शैक्षिक सामग्रीहरु वितरण गरेको हो ।

कार्यक्रममा विद्यार्थीहरुलाई पोषाक तथा शैक्षिक सामाग्रीक वितरण गर्दैं नगरपालिकाका मेयर दीपनारायण रौनियारलगयात जनप्रतिनिधि र कर्मचारी । तस्विर : सहयोगी नेपाल, पर्सा ।

विद्यालयका प्रधानाध्यापक व्यास महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा छात्रछात्राहरुलाई पोखरिया नगरपालिकाका नगर प्रमुख दिपनारायण रौनियार, उप-प्रमुख सल्मा खातुन, प्रमुख प्रशासकीय अधिकृत नाथु साह, सहयोगी नेपालका अध्यक्ष तबरेज अहमद, प्रधानाध्यापक व्यास महतो लगयातले शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुलाई पोषाक तथा शैक्षिक सामाग्रीक वितरण गर्दैं सहयोगी नेपालका अध्यक्ष तबरेज अहमदलगयात उपस्थित अतिथि । तस्विर : सहयोगी नेपाल, पर्सा ।

कार्यक्रमलाई सम्बोधन गर्दै पोखरिया नगरपालिकाका नगर प्रमुख दीपनारायण रौनियारले आफुले पोखरिया नगरपालिकाका हरेक बालबालिकालाई विद्यालयमा भर्ना गराई उच्च गुणस्तरको शिक्षा प्रदान गर्ने वाचा गरेका थिए । उनले उपस्थित सम्पूर्ण छात्रछात्राहरुलाई शिक्षाको महत्वको बारेमा जानकारी गराउदै विद्यालय बाहिर रहेका गाउँ घरका अन्य बालबालिकाहरुलाई पनि विद्यालय जान प्रेरणा दिन अनुरोध गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुलाई पोषाक तथा शैक्षिक सामाग्रीक वितरण गर्दैं पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहलगयात उपस्थित अतिथि । तस्विर : सहयोगी नेपाल, पर्सा ।