सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी गाउँपालिकाका जनप्रतिनिधि, कर्माचार र स्थानीय नेता तथा अगुवा । तस्विर : सहयोगी नेपाल, पर्सा ।

वीरगंज, जेठ २४ – पर्साको छिपहरमाई गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं. ३ का वडा अध्यक्ष विनोद प्रसाद कानुको अध्यक्षता तथा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहको प्रमुखप्रमुख आतिथ्यमा शुक्रबार (जेठ २४) कार्यक्रम सम्पन्न भएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहलाई नागरिक सर्वेक्षण प्रतिवेदन र बहिरगमन अभिमत हस्तान्तरण गर्दै सहयोगी नेपालका अध्यक्ष तबरेज अहमद । तस्विर : सहयोगी नेपाल, पर्सा ।

कार्यक्रममा गाउँपालिकावासीहरुले सडक, ढल, शिक्षा, स्वास्थ्य र कृषि सम्बन्धित महत्वपूर्ण प्रश्नहरु उठाएका थिए । स्थानीयहरुले विकास निर्माणको कार्य गर्न उपभोक्ता समिति असफल भएकोले अर्को विकल्प खोजि विकास निर्माणको कार्यलाई तिब्रता दिन माग गरे । उनिहरुले उपभोक्ता समितिले काममा ढिला शुस्ती र भएको कार्य गुणस्तरहीन भएको गुनासो गर्दै टेन्डर मार्फत भए पनि निर्माण कार्यलाई सम्पन्न गर्न आग्रह गरे ।

त्यसैगरि स्थानीयहरुले वर्षायाममा डुबानको समस्यालाई समधान गर्न गाउँपालिका कार्यालयको रुचि नदेखीएको गुनासो गर्दै वर्षायाम भन्दा पहिलानै ढल निर्माण र पानि निकासको व्यवस्था गर्नु पर्ने माग गरे ।

सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्नो गुनासो र प्रश्न राख्दै सहभागी स्थानीय वृद्ध महिला । तस्विर : सहयोगी नेपाल, पर्सा ।

गाउँपालिकाका महिलाहरुले स्थानीय स्वास्थ्य एकाईहरुमा औषधिलगयात सरसफाईको समस्या रहेको जानकारी गराए । त्यस्तै दलित समुदायका व्यक्तिहरुले गाउँपालिकाद्वारा दलितहरुलाई उपलब्ध गराईएको सेवा सुविधा अपुग भएको बताउदै गाउँपालिका कार्यालयको ध्यानाकर्षण गराएका थिए ।

सार्वजनिक सुनुवाईमा उठेका प्रश्नहरुको जवाफ फर्काउदै प्रमुख प्रशासकीय अधिकृति देवनाथ साहले उठेका हरेक समस्याहरुको समाधान गर्न गाउँपालिका जनप्रतिनिधि र कर्मचारी दिनरात खटिरहेको जानकारी गराए । उनले उपभोक्ता समितिबाट उत्पन्न समस्यालाई गाउँपालिकाको बोर्ड मार्फत समाधान गरि विकल्प खोज्न जनप्रतिनिधिहरुलाई आग्रह समेत गरे ।

अधिकृत साहले गाउँपालिकाका आगामी योजना र हाल चलिरहेका योजनाहरुका बारे जानकारी गराउदै पर्सामा सबै भन्दा धेरै बजेट खर्च गर्न सक्ने गाउँपालिका मध्ये एक छिपहरमाई पनि रहेको बताए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्नो गुनासो र प्रश्न राख्दै एक स्थानीय किसान । तस्विर : सहयोगी नेपाल, पर्सा ।

गाउँपालिकाको वडा नं. ३ को कार्यालय अगाडी आयोजति कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने, क्रमस वडा नं. १ देखि ५ सम्मका वडा अध्यक्ष रामबली राउत अहिर, महेन्द्र साह कलवार, विनोद प्रसाद कानु, वालक राउत गढि, मौजिलाल प्रसाद कानु, कार्यपालिका सदस्यहरु, गाउँपालिकाका कर्मचारी, स्थानीय नेता तथा अगुवालगयातले आफ्नो मन्तब्य राखेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार रितेश त्रिपाठीले गरेका थिए भने सहयोगी नेपालको तर्फबाट संस्थाका कार्यालय प्रमुख कमल महतो र प्रशासन अधिकृत जितेन्द्र गिरिको उपस्थिति रहेको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्नो मन्तब्य राख्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह । तस्विर : सहयोगी नेपाल, पर्सा ।

 

सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिक सर्वेक्षण प्रतिवेदन र बहिरगमन अभिमत प्रस्तुत गर्दै सहयोगी नेपालका अध्यक्ष तबरेज अहमद । तस्विर : सहयोगी नेपाल, पर्सा ।