सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका अध्यक्ष हरिशंकर चौधरी, उपाध्यक्ष ममता महतो र प्रमुख प्रशासकीय अधिकृत सरोज चौर्धरीलाई प्रस्तुत गरिएको नागरिक सर्वेक्षण प्रतिवेदन र बहिरगमन अभिमत हस्तान्तरण गर्दै सहयोगी नेपालका अध्यक्ष तबरेज अहमद । तस्विर : सहयोगी नेपाल, पर्सा ।

वीरगंज, जेठ ९ – पर्साको पटेर्वा सुगौली गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाकाको वडा नं. २ का वडा अध्यक्ष विजय गैरेको अध्यक्षता तथा गाउँपालिका प्रमुख हरिनारायण चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा स्थानीयहरुले गाउँपालिकाको काम कारवाहीका बारेमा जानकारी लिनका साथ् सडक, नाला, विद्यालय र शिक्षा जस्ता महत्वपूर्ण पूर्वाधारहरु विकास गर्नुमा गाउँपालिका कार्यालयले तदारुकता देखाउन माग गरेका थिए । स्थानीयहरुले गाउँपालिकामा चलिरहेको विकास निर्माणको काममा पारदर्शिता नभएको गुनासो समेत राखेका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्नो मन्तब्य राख्दै गाउँपालिका अध्यक्ष हरिशंकर चौधरी । तस्विर : सहयोगी नेपाल, पर्सा ।

त्यसैगरि स्थानीयहरुले गाउँपालिकामा रहेका पर्यटकीय स्थानहरुको विकार र प्रचारका लागि गाउँपालिकाले थप नयाँ योजना ल्याउनका साथै पर्यटक भित्र्याउन होटेल र रेस्टुरेन्ट खोल्नेहरुलाई प्रोत्साहन गर्न अनुरोध गरेका थिए ।

स्थानीयहरुको प्रश्नको जवाफ फर्कौदैं गाउँपालिका अध्यक्ष हरिनारायण चौधरीले अन्य गाउँपालिकाको तुलनामा पटेर्वा सुगौली गाउँपालिकाले पारदर्शी तरिकाले विकास निर्माणको काम कारवाही गरेको बताए । उनले गाउँपालिका भरिमा चलिरहेको विकास निर्माणको कार्यहरु सम्बन्धित कुनै किसिमको जिज्ञास भएको खण्डमा गाउँपालिका कार्यालय आएर सिधा आफु संग सम्पर्क गर्न बताए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्नो मन्तब्य राख्दै गाउँपालिका उपाध्यक्ष ममता महतो । तस्विर : सहयोगी नेपाल, पर्सा ।

त्यसैगरि गाउँपालिका उपाध्यक्ष ममता महतोले पटेर्वा सुगौली गाउँपालिकाको न्यायिक समितिले जिल्ला भरिमै सबैभन्दा धेरै मुद्दाहरु फर्छ्यौट गरेको बताईन । उनले गाउँपालिकाका स्थानियहरुको साथ् बिना विकास गर्न सम्भव नभएकोले सबैलाई हाथेमालो गरि अगाडि बढ्न आग्रह गरिन ।

गाउँपालिकाको वडा नं. २ को कार्यालय अगाडी आयोजति कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृति सरोज चौधरी, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने, क्रमस वडा नं. १ देखि ५ सम्मका वडा अध्यक्ष फरमान मियाँ अन्सारी, दिपक गैरे, माधव कुमार थारु, राजेश्वर महतो थारु, मोतिलाल साह, कार्यपालिका सदस्यहरु, गाउँपालिकाका कर्मचारी, स्थानीय नेता तथा अगुवालगयातको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार रितेश त्रिपाठीले गरेका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित स्थानीय । तस्विर : सहयोगी नेपाल, पर्सा ।

सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्नो मन्तब्य राख्दै नेपाल पत्रकार महासंघका प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने । तस्विर : सहयोगी नेपाल, पर्सा ।

सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्नो प्रश्न र जिज्ञासा राख्दै स्थानीय । तस्विर : सहयोगी नेपाल, पर्सा ।