सखुवा पर्सौनी गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा मन्तब्य राख्दै गाउँपालिका प्रमुख प्रदीपकुमार जयसवाल । तस्विर : सहयोगी नेपाल, पर्सा ।

वीरगंज, जेठ १९ – पर्साको सखुवा पर्सौनी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सहयोगी नेपाल संस्थाको संयोजन तथा गाउँपालिका कार्यालयको सहयोगमा आयोजित कार्यक्रममा स्थानिय जनताले स्वास्थ्य, शिक्षा र कृषिको विषयलाई प्राथमिकताका साथ् उठाएका थिए ।
गाउँपालिकामा रहेका अस्पताल तथा स्वास्थ्य चौकीमा चिकित्सकको कमि र उपचारमा कठिनाई, विद्यालयहरुमा शिक्षकको अनुपस्थिति, पाठ्यपुस्तकको समस्या, भौतिक पूर्वाधारको कमिलगयात विषयहरुमा सुधार गर्नुपर्ने स्थानियहरुले माग गरेका थिए ।

सखुवा पर्सौनी गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिक प्रतिवेदन र बहिरगमन अभिमत प्रस्तुत गर्दैं सहयोगी नेपाल संस्थाका अध्यक्ष तबरेज अहमद । तस्विर : सहयोगी नेपाल, पर्सा ।

गाउँपालिकाको वडा नम्बर २ का कार्यवाहक वडा अध्यक्ष रामबालक रामको अध्यक्षतामा महुवनमा आइतबार भएको कार्यक्रममा दलित तथा अति विपन्न वर्गको उत्थानका र सशक्तिकरणकालागि नयाँ योजना ल्याउन स्थानीय मनोज रामले सुझाव दिएका थिए । खासगरी कृषिमा अधारीत रहेको यस गाउँपालिकाका कृष्कका लागी दिर्घकालिन योजनाहरु कार्यन्यवन गराउन गाउँपालिकाले प्रविधि भित्र्याउदै कृषि उत्पादनलाई बजार सम्म पुर्याउन भूमिका ख्लेनु पर्ने अर्का स्थानीय सुनिल कलवारले जोड दिएका थिए । कलवारले गाउँपालिकामा रहेको एतिहासिक पारसनाथ  मन्दिरको नामले पर्सा जिल्लाको पहिचान रहेकोले गाउँपालिकाको नाम समेत परिवर्तन गरेर पारसनाथ गाउँपालिका राखी पर्यटन प्रवर्द्धनमा लाग्न आग्रह समेत गरेका थिए ।

सखुवा पर्सौनी गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाईमा गाउँपालिका प्रमुख प्रदीपकुमार जयसवाललाई नागरिक प्रतिवेदन र बहिरगमन अभिमत हस्तान्तरण गर्दै सहयोगी नेपाल संस्थाका अध्यक्ष तबरेज अहमद । तस्विर : सहयोगी नेपाल, पर्सा ।

सखुवा पर्सौनी गाउँपालिकाका प्रमुख प्रदीपकुमार जयसवालको प्रमुख आतिथ्यमा समपन्न कार्यक्रममा स्थानीयवासिको जवाफदिदैँ उनले सबै क्षेत्रको विकासका लागी गाउँपालिका कार्य गरिरहेको बताए । उनले नेपाल सरकारको सिमित बजेट, करामचारी समायोजनाको समस्या, संघीय र प्रदेश सरकारबाट सहयोगको खाँचोलेले सबै क्षेत्र एकैपल्ट विकास गर्न सम्भाव नसकेको बताउदै क्रमशः शिक्षा, स्वास्थ्य, सडक, कृषि, पर्यटन र भौतिक पुर्वाधारको अवस्थामा पनी सुधार ल्याउन आफु प्रतिबद्ध रहेको बताए । जयसवालले आगामी वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, सडक, पर्यटन, खेलकुदलगयात अन्य महत्वपूर्ण पूर्वधार विकासका लागि गाउँपालिकाले बनाएको योजनाका बारेमा समेत जानकारी गराएका थिए ।
उनले कृषकहरुलाई प्र्तोसाहन गर्न गाउँपालिकाले आकर्षक योजना समेत् तैयार पारेको बताए । त्यसैगरि उनले गाउँपालिकामा हुने कृषि उत्पादनलाई बजार सम्म पुर्याउन गाउँपालिकाले वीरगंजमा छुट्टै सखुवा पर्सौनीको कृषि उत्पादन पाउने ठाउँ स्थापना गर्न लागेको जानकारी समेत गराए ।

सखुवा पर्सौनी गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संदेश यादवले कार्यक्रम आफ्नो मन्तब्य राख्दैं । तस्विर : सहयोगी नेपाल, पर्सा ।

कार्यक्रमको संयोजक संस्था सहयोगी नेपालका अध्यक्ष तबरेज अहमदले सार्वजनिक सुनुवाई पूर्ण गरिएको नमूना सर्वेक्षणको आधारमा तैयार पारिएको बहिरगमन अभिमत र नागरिक प्रतिवेदन प्रस्तु गरेका थिए ।
कार्यक्रममा उप प्रमुख फुलमती देवी चौधरी, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष केसी लामिछाने, समाजवादी पार्टीका जिल्ला सह इन्चार्ज रामनरेश यादव, सखुवा पर्सौनीका प्रमुख प्रशासकिय अधिकृत सन्देश यादवलगायतकाले सार्वजनिक सुनुवाईमा मन्त्व्य व्यक्त गरेका थिए ।

सखुवा पर्सौनी गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु समक्ष आफ्नो जिज्ञासा राख्दै स्थानीय । तस्विर : सहयोगी नेपाल, पर्सा ।

कार्यक्रममा सञ्चारकर्मी तथा आर्थिक पत्रकार संघका संस्थापक अध्यक्ष रितेश त्रिपाठी, आशु सरार्फ, सहयोगी नेपालको तर्फबाट जितेन्द्र गिरि, कमल महतो, नगरपालिकाका ६ वटै वडाका वडा अध्यक्ष, स्थानीय, कर्मचारी, शिक्षक, बुद्धिजिवि, राजनितिक दलका नेता तथा कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।

सखुवा पर्सौनी गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी । तस्विर : सहयोगी नेपाल, पर्सा ।