वीरगंज, जेठ २७ – वीरगंज महानगरपालिका वडा नं. २८ बगही स्थित श्री महानन्द उपाध्याय माध्यमिक विद्यालयमा आधुनिक सुविधा युक्त कम्प्युटर प्रयोगशाला (ल्याब) निर्माण गर्न शोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सहयोगी नेपाल र एडुटेक नेपालविच मेमोरेनडम अफ अन्डरसेटेडिंग (एमओयू)मा हस्ताक्षर भएको छ ।
 
एमओयू अनुसार छिट्टै बगही स्कुललाई आधुनिक सुविधा भएको २० थान कम्प्युटर, युपीएस र ब्याट्रीलगयातको उपकरणहरु सहयोगी नेपालमार्फत उपलब्ध गराईने छ । विगत केहि वर्ष देखि नेपालका विभिन्न स्थानमा रहेका सामुदायिक विद्यालयहरुमा कम्प्युटर सहयोग गर्दै आएको एडुटेक नेपालको आर्थिक सहयोगमा कम्प्युटर उपलब्ध हुनेछ ।
 
एमओयू हस्ताक्षर कार्यक्रममा सहयोगी नेपालका अध्यक्ष तबरेज अहमद, एडुटेक नेपालकी अध्यक्ष डायना प्रदान सिलवाल, श्री महानन्द प्रसाद उपाध्याय माध्यमिक विद्यालयका प्रधानाध्यापक अरविन्द कुमार लाल, एडुटेक नेपालका रविन्द्र साह, प्रतिमा शर्मा, आकाश दासलगयातको उपस्थिति रहेको थियो ।
 
बगही स्कुल पछी पर्सा र बारा जिल्लाका अन्य विद्यालयहरुमा पनि कम्प्युटर वितरण गर्न एडुटेक संग सहकारी गर्न हाम्रो योजना छ ।