वीरगंज, असार ४ – पर्सालगयात आसपासका जिल्लामा गत हफ्ता आएको हावाहुरीबाट घरमा क्षति पुगेका पोखरिया नगरपालिका – ७ रहरियाका धुर्व पटेलको परिवारलाई सहयोगी नेपाल र संस्कृतिले राहत किट वितरण गरेको छ ।

राहात किटमा त्रिपाल, कम्बल, झुल, बाल्टिन, मग, म्याट, कराई, कापी, कलमलगयात सामग्री रहेका छन् ।  राहात वितरण सहयोगी नेपालको वीरगंज महानगरपालिका – १२ मुर्लीबगैचा स्थित मुख्यालयमा भएको थियो । राहत सामग्री सहयोगी नेपालका अध्यक्ष तबरेज अहमद र संस्कृतिका उपाध्यक्ष आँशु कुमार सर्राफले हस्तान्तरण गरेका थिए ।