एक दिने महिला हिँसा विरुद्ध अभिमुखीकरण गोष्टि एवम् कार्यशाला

प्रदेशसभा सदस्य ममनिया डा. अन्जु कुमारी यादव ज्यूको संसदीय कोषको सहयोग र सहयोगी नेपालको आयोजनामा ‘एक दिने महिला हिँसा विरुद्ध अभिमुखीकरण गोष्टि एवम् कार्यशाला’ कार्यक्रममा प्रशिक्षण दिंदै नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष श्री कृष्ण चन्द्र (के.सी.) लामिछाने ज्यूलगयात प्रशिक्षक । तस्विर : सहयोगी नेपाल, पर्सा ।

सार्वजनिक सुनुवाई कार्यक्रम, पटेर्वा सुगौली

पर्साको पटेर्वा सुगौली गाउँपालिकामा २०७६ जेठ ९ गते आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका प्रमुख श्री हरिनारायण चौधरी ज्यू, उप-प्रमुख श्री ममता महतो ज्यू र प्रमुख प्रशासकीय अधिकृति सरोज कुमार चौधरी ज्यूलाई सहयोगी नेपालका अध्यक्ष श्री तबरेज अहमद ज्यूले नागरिक प्रतिवेदन र बहिरगमन अभिमत हस्तान्तरण गर्दैं । तस्विर : सहयोगी नेपाल, पर्सा ।

सार्वजनिक सुनुवाई कार्यक्रम, सखुवा पर्सौनी

पर्साको सखुवा पर्सौनी गाउँपालिकास्थित महुवन बजारमा २०७६ जेठ १९ गते आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधि तथा गाउँपालिका कर्मचारी समक्ष आफ्नो जिज्ञासा राख्दै स्थानीय गाउँपालिकावासी । तस्विर : सहयोगी नेपाल, पर्सा ।

३ महिने नि:शुल्क आधारभूत कम्प्युटर तालिमको समापन

वीरगंज महानगरपालिकाको आर्थिक सहयोग तथा सहयोगी नेपाल र संस्कृति संस्थाको संयुक्त आयोजनामा भएको ३ महिने नि:शुल्क आधारभूत कम्प्युटर तालिमको समापन पश्चात प्रमाणपत्र सहित तस्विर खिचाउदै तालिमका सहभागी, प्रशिक्षक र दुवै संस्थाका सदस्य । तस्विर : सहयोगी नेपाल, पर्सा ।